News

एकिकृत ब्याबसाय सुरु

पुस १६ गते
म्याङलुङ नगरपालीका वडानम्बर ५ साबिक पिप्ले बस्ने राजु गड्तौलाले कृषिपर्यटनका लागी निजि लगानीमा पिप्लेमा एकिकृत ब्याबसाय सुरु गर्नु भएको छ ।२०७३ पुस १६ गते आफ्नै परिसरमा पत्रकार सम्मेलन गरी युवा ब्याबसायी राजु गड्तौलाले कृषिपर्यटनका लागी डाउन हिल टाउनको फर्म दर्ता गरेरै एकिकृत ब्याबसाय सुरु गर्नु भएको जानकारी गराउनु भएको छ ।पत्रकार सम्मेलनमा युवा ब्याबसायी गड्तौलाले ब्याबसाय सञ्चालनका लागीअहिले सम्म ४० लाख बढी  खर्च भएको बताउनु भयो । उहाले अहिले डाउन हिल टाउन पिप्लेमा  बाख्रा, कुखुरा, माछापालन र बेमौसमी तरकारी खेति गर्दै आउनु भएको छ । १९ बर्ष सम्म बिराटनगरमा कम्यूटर ईन्जीनियरको जागीर छाढेर कृषिपर्यटनमा लागेको युवा ब्याबसायी राजु गड्तौलाले डाउन हिल टाउनमा उत्पादन भएको बस्तु उपभोगमा लागी सोही स्थानमा चमेना गृह समेत सञ्चालनमा ल्याउनु भएको छ । चमेनागृहमा  सभाहल सहितको सुबिधाका साथ आबाशको समेत ब्याबस्था रहेको सञ्चालक गड्तौलाले जानकारी दिनु भयो । सदरमुकाम नजिकै रहेको पिप्लेमा सञ्चालन गरिएको यो ब्याबसायले गाउनै परिबर्तन हुन लागेको स्थानीयले बताएका छन् ।
समाचार
गोपाल संग्रौलाको “नर्मदा” खण्डकाव्य लोर्कापण
तेह्रथुम , २७ माघ कवि गोपाल संग्रौला द्धारा लिखित नर्मदा खण्डकाव्यको मेन्छ्यायेम गाउपालिकाको मोराहाङमा शुक्रबार लोकार्पण गरिएको छ । आठराई खाम्लालुङ भई लामो समय सम्म शैक्षिक पेसामा कार्यरत कवि
added on 2018-02-10 18:23:04
मेयङलुङ स्तम्भमा सिसि क्यामेरा राखियो ।
टीआर सेनेहाङ तेह्रथुम , २३ माघ । जिल्लामा पहिलो पटक सार्वजनिक स्थलमा सिसि क्यामेरा राखिएको छ । अपराधिक कृयाकलाप न्यूनिकरण गर्दै शान्ति सु व्यावस्था कामय गर्न साथै समुदायको व्यावहार परिवर्तन गर्ने उदेस्यले किराँत याक्थुङ चुम्लुङको
added on 2018-02-06 08:57:28
ओख्रेमा सुरक्षित गर्भपतन सम्बन्धी भिमुखिकरण कार्यक्रम ।
तेह्रथुम, २३ माघ छथर गाउपालिकाको ओख्रेमा सुरक्षित गर्भपतन कार्यक्रम अन्र्तगत दुई दिने श्वास्थ्य अभिमुखिकरण कार्यक्रम मंगलबार बाट सुरु भएको छ । ओख्रे श्वाथ्य चौकीमा आयोजित कार्यक्रममा प्रजनन् श्वास्थ्य अधिकार
added on 2018-02-06 08:42:40