News

तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित

भदौ २५, तेह्रथुम / पाँचथरको कुम्मायक गाउँपालीमा सन्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित भएको छ । २०७२ साल पुष १६ गते देखी स्वामी नारायण जेभीले निर्माणको काम गर्दै आएको थियो  । गाउँपालीकाको साविक यासोक, रानिगाउँ र स्याबरुम्बा गाविसका १३ हजार ८ सय ४३ घरधुरीलाई लक्षित गर्दै सन्चालित आयोजनाको काम केही स्थानियहरुको अवरोधका कारण स्थगित भएको हो । 

निर्माण स्थलको ठुटे बर देखी तमोर नदि सम्मको मुहानको कामको बिषयलाई लिएर उक्त क्षेत्रका स्थानियहरु असन्तुष्ट हुदै आएका थिए । तत्कालीन समयमा डिविजन कार्यालयले  आर्थिक र प्राविधिक कारणले गर्दा लोरिपा दोवान उपयुक्त नभएको भन्दै उपभोक्ता समितिको सहमतीमा मुहान परिवर्तन गरेको थियो । तर आयोजनाको काम सुरु भईसकेकाले मुहान परिवर्तन गर्न नहुने समितिकै अध्यक्ष नर बहादुर खड्काको भनाई रहेको छ ।

ठेक्का सम्झौता भएर काम अघि बढेको अवस्थामा समितिका केही पदाधिकारि र सदश्यहरुले मुहान सार्न सहयोग गरेर आयोजनाको कामलाई लम्ब्याईएको भन्दै, पुरानै स्थानबाट आयोजनाको काम सुरु गर्नु पर्ने खड्का बताउनु हुन्छ । पछिल्लो समयमा समितिका अध्यक्ष मुहान परिवर्तन गर्ने बिषयलाई लिएर समिति अन्य पधादिकारीहरु संग असन्तुष्ट हुदै आउनु भएको छ । 

यता समितिका सचिव देबेन्द्र कुमार लावतीले प्राविधिकको सल्लाह र सुझाव अनुसार नै काम गरिएको बताउनु हुन्छ । आयोजनाको मुहान परिवर्तन गर्दा आयोजना लम्बिने नभई चाडो काम अगाडी बढेको समयमा काम रोक्ने प्रयास गर्नु राम्रो नभएको दावी गर्नु भयो । 

समाचार
मेन्छ्यायेम गाउँपालीकामा लगाएको मकै बाली असिना पानीले नस्ट
जेठ १५‍,तेह्रथुम/ मेन्छ्यायेम गाउँपालीका वार्ड न ४ ५ र ६ का सयौ रोपनी जग्गामा लगाएको मकै बाली असिना पानीले नस्ट
added on 2018-05-30 15:02:00
गणतन्त्र दिबशको अबसरमा जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीलाइ आममाफी
जेठ १५/ तेह्रथुम, गणतन्त्र दिबशको अबसरमा जेठ १५ गते जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीहरु आममाफी पाई निस्कीएका छन् । राम्रो आचारण भएका मध्ये ७ जना गणतन्त्रको अबसरमा आममाफी
added on 2018-05-30 14:41:08
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08