News

जिल्लाका स्वास्थ्य संस्थाहरुमा भदौ २९ देखि औषधी पठाउन शुरु

२०७२ साल जेठ महिनामा पाएको औषधिले विरामीको उपचार धान्दै आएका जिल्लाका स्वास्थ्य संस्थाहरुमा  भदौ २९ देखि औषधी पठाउन शुरु हुने भएको छ । चालु आर्थिक वर्षको शुरुमा पुग्नुपर्ने औषधी नपाएर समस्या झेल्दै आएका स्वास्थ्य संस्थाहरुले बल्ल चयनको स्वास फेर्न पाउने भएका छन् । जिल्लाको पुर्वी भेग आठराई क्षेत्रका कतिपय स्वास्थ्य संस्थामा सिटामोल समेत सकिएको अवस्थामा आठराई र फेदाप गाउँपालिका अन्तर्गतका स्वस्थ्य संस्थाका लागी भदौ २९ देखी औषधी पठाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमका स्टोर प्रमुख तिर्थराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकामबाट फेदाप गाउँपालिका र आठराई गाउँपालिकाको केन्द्रमा औषधि पुग्नेछ । 
 
त्यसपछि मेन्छ्यायेम गाउँपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिकामा रहेका स्वस्थ्य संस्थाका लागी औषधी पठाइने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्टोर प्रमुख थापाका आनुसार स्वास्थ्य चौकिमा घाउ चोट पटकको समान्य चिरफारमा प्रयोग गरिने औषधि वाहेक २५ प्रकारका र प्रथामिक स्वास्थ्य केन्द्रमा ५० प्रकारका औषधी पठाइदैछ । सामान्यतया माग र खपतको आधारमा एकपटकमा ३ महिनालाई पुग्ने औषधी स्वास्थ्य संस्थामा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । “सवै प्रकारका औषधीले ३ महिना नै धान्न सक्छ भन्ने त हुन्न” थापाले भन्नुभयो – “हाम्रो लक्ष्यचाँहि ३ महिना पुग्ने औषधी हरेक स्वास्थ्य संस्थामा पुर्याउनु रहेको हुन्छ ।”
 
राज्यको पुनःसंरचानासँगै स्थानीय तहले मातहतको स्वास्थ्य संस्थालाई आवश्यक पर्ने औषधीको व्यवस्था गर्नुपर्ने भएपछि आएको अन्योलताले समयमै औषधी पुर्याउन नसकिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा आजभोली २९ स्वास्थ्य चौकी, २ प्राथमिक स्वास्थ्य केन्द्र, २ सामुदायिक स्वास्थ्य इकाइ र १ सहरी क्लिनिकले जिल्लावासीको स्वास्थ्योपचार गर्दै आएका छन् । 
 
समाचार
संविधान दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना
असोज ३ तेह्रथुम / संविधान दिवसको अवसरमा तेह्रथुमको म्याङलुङ पनि बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा म्याङलुङ बसपार्क देखी प्रभात फेरी सुरु गरि जिल्ला समन्वय समितिको हलमा कोण सभा गरि नेपालमा
added on 2017-09-20 07:44:42
कृषि समाचार अदुवा,अलैची,चिया र दुधको खोजी र प्रभाबका बारेमा छलफल
असोज ३ तेह्रथुम / सदरमुकाम म्याङलुङमा तेह्रथुम र ईलामका पत्रकारहरु बिच कृषि समाचार अदुवा,अलैची,चिया र दुध को खोजी र प्रभाबका बारेमा छलफल भएको छ । उद्योग बाणिज्य संघकोहलमा आयोजित कार्यक्रममा तेह्रथुम र ईलामका पत्रकाहरु बिच कृषि समाचार (अअचिदु)
added on 2017-09-20 07:21:22
प्राकृतिक विपतलाई लक्ष्यित गरेर आकस्मिक कोष स्थापना गर्ने
भदौ २७,तेह्रथुम/ जिल्लामै पहिलो पटक गाउँसभा सम्पन्न गरेको फेदाप गाउँपालिकाले प्राकृतिक विपतलाई लक्ष्यित गरेर आकस्मिक कोष स्थापना गर्ने भएको छ । गाउँपालिका भित्र आकस्मिक रुपमा आइपर्ने विपतको व्यवस्थापन, प्रभावितहरुको उद्धार
added on 2017-09-14 07:27:03