News

म्याङलुङमा पहिलो पटक ऐतिहासिक प्रदेश नंवर १ स्तरीय खुल्ला व्याटमिन्टन पर्तियाेगिता हुदै ।

भदौ २९ गतेदेखि सदरमुकाम म्याङलुङमा पहिलो पटक शुरु हुन लागेको ऐतिहासिक प्रदेश नंवर १ स्तरीय खुल्ला व्याटमिन्टन खेलका लागी भदौ २७ गते सम्ममा ३६ टिमले नाम दर्ता गराएका छन् । खेलमा भाग लिन खुल्ला डवल तर्फ २४ टिम र भेट्रान्स तर्फ १२ टिमले नाम दर्ता गराएका छन् । खेलको टाइसिट भदौ २८ गते दिउसोमात्र निकालिने र सो अवधीसम्ममा पनि नाम दर्ता गर्न सकिने भएको टोली थपिन सक्ने आयोजकले जनाएको छ ।

खेलमा भाग लिन धनकुटा, पाँचथर, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, भोजपुर र खोटाङका खेलाडिले नाम दर्ता गराएको तेह्रथुम व्याडमिन्टन संघका महासचिव महेश आचार्यले जानकारी दिनुभयो । ३ दिन सम्म आयोजना हुने प्रतियोगितामा खुल्ला डवल्स तर्फको विजेताले ४० हजार नगद सहित कप मेडल र प्रमाण पत्र, उप विजेताले नगद २५ हजार कप, मेडल र प्रमाणपत्र हात पार्नेछ । तेस्रो हुने टिमले १५ हजार कप, मेडल र प्रमाण–पत्र पाउने महासचिव आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेट्रान्स तर्फको विजेताले नगर २० हजार, उप विजेताले १५ हजार र तेस्रो हुनेले ५ हजार सहित कप मेडल र प्रमाण पत्र हात पार्नेछन् । 

 

समाचार
गोपाल संग्रौलाको “नर्मदा” खण्डकाव्य लोर्कापण
तेह्रथुम , २७ माघ कवि गोपाल संग्रौला द्धारा लिखित नर्मदा खण्डकाव्यको मेन्छ्यायेम गाउपालिकाको मोराहाङमा शुक्रबार लोकार्पण गरिएको छ । आठराई खाम्लालुङ भई लामो समय सम्म शैक्षिक पेसामा कार्यरत कवि
added on 2018-02-10 18:23:04
मेयङलुङ स्तम्भमा सिसि क्यामेरा राखियो ।
टीआर सेनेहाङ तेह्रथुम , २३ माघ । जिल्लामा पहिलो पटक सार्वजनिक स्थलमा सिसि क्यामेरा राखिएको छ । अपराधिक कृयाकलाप न्यूनिकरण गर्दै शान्ति सु व्यावस्था कामय गर्न साथै समुदायको व्यावहार परिवर्तन गर्ने उदेस्यले किराँत याक्थुङ चुम्लुङको
added on 2018-02-06 08:57:28
ओख्रेमा सुरक्षित गर्भपतन सम्बन्धी भिमुखिकरण कार्यक्रम ।
तेह्रथुम, २३ माघ छथर गाउपालिकाको ओख्रेमा सुरक्षित गर्भपतन कार्यक्रम अन्र्तगत दुई दिने श्वास्थ्य अभिमुखिकरण कार्यक्रम मंगलबार बाट सुरु भएको छ । ओख्रे श्वाथ्य चौकीमा आयोजित कार्यक्रममा प्रजनन् श्वास्थ्य अधिकार
added on 2018-02-06 08:42:40