News

पुर्वी पहाडको बन्दा, काउली, र मुलाको मुल्य चाडबाड लागे संगै आकासियाे

असोज २२ तेह्रथुम दशैअघि सम्म सस्तो रहेको पुर्वी पहाडको बन्दा, काउली, र मुलाको मुल्य चाडबाड लागे संगै आकासिएको छ । दशैअघि बजारमा प्रतिकिलो ३ रुपैया रहेको बन्दाको मुल्य बढेर १६ रुपैया पुगेको छ । त्यस्तै ५ रुपैयामा बिक्री भईरहेको मुला पनि १५ रुपैया सम्म पुगेको छ । २५ रुपैयामा किनबेच भैरहेको काउली चाडपर्वको सिजनमा ४० रुपैया सम्म पुगेको छ ।

कोशि पहाडी जिल्ला तेह्रथुम, संखुवासभा र धनकुटाका कृषकहरुले लगाएको बेमौसमी तरकारीको मुल्य वृद्धि भएपछि हौसिएका छन् । तिहारको समयमा यो मुल्य अझै बढ्ने तरकारी व्यापारी श्याम गुरुङले बताउनुभयो । मुख्य आम्दामीको श्रोत तरकारी तरकारी खेतीलाई बनाएका यहाका किसानहरुले बेमौसमी तरकारीबाट राम्रो आम्दामी गरेको  जिल्ला कृषि बिकास कार्यलय तेह्रथुमले जनाएको छ । किसानहरुले अलैचीको बिक्रीबाट राम्रो आम्दामी लिईरहेका बेला माथिल्लो र खेती नहुने स्थानका किसानहरुले भने बारेमा लगाएको बन्दा,काउली र मुला बिक्री गरेर लाखौ रुपैया हात पारिरहेका छन् ।

अन्य आम्दामीको स्रोत नभएका र व्यावसायिक बमौसमी तरकारी खेतीमा लागेका किसानका लागी चाडवाडको समयमा हुने तरकारीको मुल्य वृद्धीले फाईदा पु¥याएको छ । गतवर्षको तुलनामा यस बर्ष तरकारीले बढी मुल्य पाएपछि व्यावसायिक तरकारी खेतीमा लागेका किसान हर्षित भएका छन् । गत बर्ष ७ लाख रुपैयाको हाराहारीमा बन्दा बिक्री गरेका चित्रेका किसान पोष्टराज रायमाझि यस बर्ष त्यो भन्दा बढि मुल्य पाउने आसमा छन् । रायमाझि जस्तै अन्य कृषकहरु पनि तरकारी बाट राम्रो आम्दामी गर्ने उदेस्य रहेका छन्  ।

समाचार
गोपाल संग्रौलाको “नर्मदा” खण्डकाव्य लोर्कापण
तेह्रथुम , २७ माघ कवि गोपाल संग्रौला द्धारा लिखित नर्मदा खण्डकाव्यको मेन्छ्यायेम गाउपालिकाको मोराहाङमा शुक्रबार लोकार्पण गरिएको छ । आठराई खाम्लालुङ भई लामो समय सम्म शैक्षिक पेसामा कार्यरत कवि
added on 2018-02-10 18:23:04
मेयङलुङ स्तम्भमा सिसि क्यामेरा राखियो ।
टीआर सेनेहाङ तेह्रथुम , २३ माघ । जिल्लामा पहिलो पटक सार्वजनिक स्थलमा सिसि क्यामेरा राखिएको छ । अपराधिक कृयाकलाप न्यूनिकरण गर्दै शान्ति सु व्यावस्था कामय गर्न साथै समुदायको व्यावहार परिवर्तन गर्ने उदेस्यले किराँत याक्थुङ चुम्लुङको
added on 2018-02-06 08:57:28
ओख्रेमा सुरक्षित गर्भपतन सम्बन्धी भिमुखिकरण कार्यक्रम ।
तेह्रथुम, २३ माघ छथर गाउपालिकाको ओख्रेमा सुरक्षित गर्भपतन कार्यक्रम अन्र्तगत दुई दिने श्वास्थ्य अभिमुखिकरण कार्यक्रम मंगलबार बाट सुरु भएको छ । ओख्रे श्वाथ्य चौकीमा आयोजित कार्यक्रममा प्रजनन् श्वास्थ्य अधिकार
added on 2018-02-06 08:42:40