News

ऐतिहासिक मेलाको नाम परिबर्तन गरिएको भन्दै आधा दर्जन बढी राजनैतिकदलहरुले आपत्ती

 
फेदाप गाउपालिका वडानम्बर १ पोक्लाबाङ्मा दिपावलीको अबसरमा प्रत्येक बर्ष लाग्ने ऐतिहासिक मेलाको नाम परिबर्तन गरिएको भन्दै आधा दर्जन बढी राजनैतिकदलहरुले आपत्ती जनाएका छन्। बिगत एक दशक देखि फेदाप पोक्लाबाङ् लिम्बुवान मेलाको नाममा मेला सञ्चालन हुदै आए पनि यस बर्ष फेदाप मेला मात्र बनाईएको भन्दै यहाँका ६ राजनैतिकदलहरुले मंगलबार पत्रकार सम्मेलन गरि आपत्ती जनाएका हुन्।
 
पोक्लाबाङको सामुदायीक भवनमा पत्रकार सम्मेलन गरि मेला लगाउने जिम्मा लिएको आयोजक पोक्लाबाङ् बजार सरसफाई तथा ब्याबस्थापन समितिले बजारको नाम परिबर्तन गरेर ऐतिहासिकता मेटाउन खोजेको भन्दै बिभिन्न दलहरुको प्रतिनिधी रहने गरि सघर्ष समिति समेत गठन गरेर आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । सघर्ष समितिले पत्रकार सम्मेलन मार्फत आयोजकले मेलाको नाम तुरुन्त सच्याउन माग गरेको छ ।
 
सघर्ष समितिको अनुरोधलाई बेवस्था गरि मेला लगाउने प्रयासगरे आईपर्ने समस्याको जिम्मेवारी मेला आयोजक समितिले लिनु पर्ने सघर्ष समितिका अध्यक्ष दुर्गा निङलेखुले बताउनु भयो ।अ ाफ्नो माग सुनवाई नभए संघर्ष समितिले सोही स्थानमा मेला लगाउने तयारी गरेको समेत संघर्ष समितिका अध्यक्ष दुर्गा निङलेखुले जानकारी दिनु भयो ।
 
यस अघिका बर्षहरुमा पोक्लाबाङ लिम्बुवान मेला नामाकरण गरि मेला लगाईदै आए पनि स्थानीय जनप्रतिनिधीहरुले आफ्नै मनोमानी ढंगले लिम्बुवानलाई जातियतासंग जोडर फेदाप मेला मात्र बनाईएकोले नामाकरणमा सुधार गर्नु पर्ने माग सहित संघर्ष समितिले फेदाप गाउ पालिकाको कार्यालय,जिल्ला प्रशासन,जिल्ला प्रहरी कार्यालय,ईलाका प्रहरी कार्यालय फेदापका सबै वडा कार्यालय र फेदाप मेला तथा खेलकुद आयोजक समितिलाई ज्ञापन पत्र समेत बुझाएको समितका सदस्य बिजय निङलेखुले बताउनु भयो ।
 
फेदाप गाउ पालिकाको पोक्लाबाङमा लाग्दै आएको मेला २०६३ साल सम्म तत्कालिन राजा महेन्द्रको नाममा महेन्द्र मेला र यस पछि पोक्लाबाङ लिम्बुवान मेलाको नाममा बिभिन्न क्लब र संघ सस्थाहरुले आयोजकको जिम्मेवारी लिएर मेला लगाउदै आएका थिए । यसै बिच मेलाको नाम परिबर्तन गरेको बोरमा फेदाप गाउ पालिकाका अध्यक्ष हरि हुक्पाचोङबाङले हालै सम्पन्न परिषदका सबै जनप्रतिनिधीहरुको राय सल्लाहमा मेलाको नाम फेदाप मात्र राख्ने निर्णय भएकोले फेदाप मेला राखिएको बताउनु भएको छ ।
 
उहाले सबै वडाका जनप्रतिनिधीहरुको सल्लाह अनुसार नाम परिबर्तन गरिएकोले फेदापको सम्बृद्धीका लागि नाममा बार्गेनिङ नगरि सहमति आउन समेत संघर्ष समितिलाई अनुरोध गर्नु भएको छ । ज्ञापन पत्रमा नेपाली काग्रेस, संघिय लिम्बुवान मञ्च नेपाल, संघिय समाजबादी फोरम नेपाल, संघिय लिम्बुवान पार्टी नेपाल, नयाशक्ति पार्टी नेपाल र नेकपा माओबादी रहेका छन् । सम्मेलन संघर्ष समितिका अध्यक्ष निङलेखुको अध्यक्षतामा सम्पन्न भएको हो ।   
 
समाचार
मालुङपालुङ देबी मन्दिरमा पाथीभरादेबीको अंश शिला स्थापीत
असोज २९, तेह्रथुम / लालीगुराँस नगरपालिका ८ सोल्मामा रहेको मालुङपालुङ देबी मन्दिरमा पाथीभरादेबीको अंश शिला स्थापीत गरिएको छ । पाथीभराको उत्पती स्थल ताप्लेजुङ पुगी एक टोलीले
added on 2017-10-16 12:52:21
महिलामैत्री फुटबल प्रतियोगिता तथा खुल्ला रनिङ प्रतियोगिता सञ्चालन हुने
असोज २८, तेह्रथुम / सदरमुकाम म्याङलुङमा यहि असोज २८ गते आईतबार महिलामैत्री फुटबल प्रतियोगिता तथा खुल्ला रनिङ प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता अन्तराष्ट्रिय ग्रामिण महिला दिवस अक्टोबर १५
added on 2017-10-15 11:55:38
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान् मञ्च नेपाल तेह्रथुमले उमेद्वारीको टुंगो ल
असोज २८ तेह्रथुम आगामि मंसिर १० र २१ गते हुने निर्वाचनका लागी संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान् मञ्च नेपाल तेह्रथुमले उमेद्वारीको टुंगो लगाएको छ । मन्चले असोज २८ गते पत्रकार सममेलन गरी नाम
added on 2017-10-15 11:46:49