News

अलैची किसानहरुको पहुच आधुनिक भट्टीमा पुग्न नसक्दा बर्षेनी घाटा बेहोर्दै

जिल्लाका अलैची किसानहरुको पहुच आधुनिक भट्टीमा पुग्न नसक्दा बर्षेनी घाटा बेहोर्दै आएका छन् । आधुनिक भट्टीमा किसानको पहुच नपुगे पछि जिल्लामा उत्पादन हुने अधिकाम्स अलैची परम्परागत भट्टीमा सुकाएर बजार पुर्याउनु यहाँका किसानहरुको बाध्यता नै भएको छ । काचो दौरा,आफैले बनाएको चुलोमा अलैची सुकाउनु पर्दा केही किसानहरुको अलैचीनै आगोले डढेर सखाप हुने गरेको छ ।

आम्दानी हुने आसमा भट्टीमा लगाएको  अलैची आगोले डढेर नस्ट हुदा हजारौ घाटा हुने गरेको छ । अलैची बगानबाट टिपेको अलैची सुकाएर बजार सम्म लैजानु भन्दा अघि आगोबाट बचाउनु कृषकहरुका लागि ठुलो चनौती रहेको अलैची कृषकहरुले बताएका छन् । आधुनिक भट्टीमा सुकाएको अलैची ब्यापरीले समेत राम्रो मूल्य लाउने थाहा हुदा हदै परम्परागत भट्टीमा अलैची सुकाएर बेच्दा मूल्य समेत नआउने ब्यापारीहरुले बताएका छन् ।

बिगत २० बर्ष देखि अलैची खेती गर्दै आएका जिल्लाका कृषकहरुले आफुहरु बिभिन्न क्षेत्रबाट ठगिएको बताएका छन् । अलैची सुकाउने आधुनिक प्रबिधीको भट्टी नहुदा स्वास्थ्यनै जोखिममा राखेर पुरानो परम्परागत रुपमा आगोको धुवा लगाएर किसानले सुकाएको अलैची चाडै बिग्रने समस्या रहेको अलैची ब्यापारीहरुले बताएका छन् ।जिल्लाका अधिकाम्स ब्यापारीहरु संग किसानले मूल्य पर्खीने सर्तमा अलैची पुर्याइ दिने गरे पनि आधुनिक भण्डारण स्थल नहुदा किसानको अलैची केहि समयमै बिग्रने र ढुसी पर्ने समस्याले लाखौ घाटा हुने गरेको अलैची ब्याबसायी संघ तेह्रथुमका अध्यक्ष अमृत सुबेदीले बताउनु भयो।

उहाका अनुसार यस अघि उद्योग बाणिज्य संघ तेह्रथुमको ब्याबस्थापनमा केहि किसानलाई आधुनिक भट्टी प्रदान गरिए पनि प्रभाबकारी हुन नसक्दा प्रयोगमा नआउनु अलैची किसानहरुका लागि समस्या भएको हो । बजार अहिले अलैची ४० केजीको २५÷३० हजारमा कारोबार भैरहेको छ । जिल्लामा २ नगरपालिका र ४ गाउपालिकाका बिभिन्न वडाहरुमा अलैची खेति हुने गरेको छ ।तेह्रथुम सहित पूर्वी नेपालमा उत्पादित अलैंची भारत हुदै श्रीलंका, बंगलादेश र खाडी मुलुकसम्म पुग्ने गरेको अलैंची ब्यवसायीहरुले बताएका छन् ।विशेषगरी मसला, औषधी र सेन्ट निर्माणका लागि अलैंची अन्तराष्ट्रिय बजारसम्म पुग्ने गरेको छ ।

समाचार
बर्षातको पानी जोहो
असोज ९, तेह्रथुम / जिल्लाको सुख्खाग्रस्त क्षेत्रका किसानहरु सिँचाईका लागी पानीको जोहो गर्न थालेका छन् । पानी अभाबका कारण प्रत्येक बर्ष सिँचाईमा समस्या हुदै आएको सुख्खाग्रस्त क्षेत्रका कृषकहरुले बर्षातको पानी जोहो
added on 2018-09-25 09:01:13
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
असोज ९, तेह्रथुम /मानब अधिकार बिरोधी हिंसाका घटना रोक्न कानुनमा प्रयाप्त व्यावस्था गरी अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिन माग गर्दै अन्तरपार्टी महिला संन्जालले जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
added on 2018-09-25 08:43:51
तेह्रथुम जिल्लाको विद्युत क्षेत्रको विकास
तेह्रथुम / जिल्लाको विद्युत क्षेत्रको विकासका लागि हालसम्मकै उच्च बजेट विनियोजन भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा विद्युतीकरण
added on 2018-09-24 10:06:01