News

महिला बन्दिहरुलाई बिभिन्न सामाग्री बितरण

लैङ्गिक हिंसा बिरुद्धको १६ दिवशिय अभियान अन्र्तगत जिल्लाका महिला अधिकारबादी संघ सस्थाहरुले जिल्ला कारागारमा रहेका महिला बन्दिहरुलाई बिभिन्न सामाग्री बितरण गरेको छ । जिल्ला कारागार पुगेको टोलीले कारगारमा रहेका २ जना बालकलाई लत्ता कपडा र म्याट सहित फलफुल बितरण गरेको छ । दिबशको अबसरमा महिला अधिकारबादी संघसस्थाका प्रतिनिधीहरुले स्याउ, बिस्कुट,फ्रुटी,नरिवल,हरलिक्स, कपडा र म्याट उपलब्ध गराएको महिला मानब अधिकार रक्षक सञ्जालका जिल्ला सचिब गंगा चोङबाङले बताउनु भयो । उहाका अनुसार जिल्लाका २ नगरपालिका र ४ गाउ पालिका बिभिन्न वडाहरुमा समेत यो दिबश मनाउन सुरु गरिएको छ ।
 
लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौ, कोही नछुटौ भन्ने नाराका साथ मनाउन सुरु गरिएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिवशिय अभियानका क्रममा जिल्ला कारगारका महिला बन्दीहरुलाई अपराध न्युनिकरणका सहयोग गर्नका लागि बिभिन्न सामाग्री बितरण गरिएको अधिकारकर्मी नरमाया श्रेष्ठले बताउनु भयो । यो दिबश मंसिर ९ गते देखि २४ गते सम्म अर्थात नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन मनाईन्छ ।पछिल्लो समय जिल्लाका बिभिन्न महिला अधिकारबादी संघ सस्थाहरुले समेत बिभिन्न सचेतनात्मक कार्यक्रम सहित यो दिबश मनाउन थालिएको अधिकारकर्मीहरुले बताएका छन् । 
 
समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37