News

निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागी तालिम शुरु

सदरमुकाम म्याङलुङमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागी २ दिने तालिम  शुरु भएको छ । म्याङलुङ वजार स्थित उद्योग वाणिज्य संघको हलमा शुरु भएको तालिममा निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण प्रकृयाका वारेमा सहभागीलाई जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । 

तालिममा जिल्लाको ६ वटा गाउँपालिका मध्ये आठराई फेदाप र छथर गाउँपालिकाको ४८ मतदान केन्द्रमा खट्ने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागीता रहेको छ । तालिममा प्रशिक्षकहरु लिला पोख्रेल, कृष्ण घिमिरे, शुष्मा दाहाल, जिल्ला अदालतका श्रेष्तेदार अम्विका प्रसाद दाहाल, सरकारी वकिल कार्यालय प्रमुख जनकराज घिमिरे सहजिकरण गरिरहनुभएको छ ।

वाँकि स्थानीय तहहरु मेन्छ्यायेम गाउँपालिका, म्याङलुङ र लालिगुराँस नगरापालिकाको मतदान केन्द्रमा खट्ने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागी पर्सीदेखि तालिमको आयोजना गरिने जिल्ला निर्वाचन अधिकारी निर्मल कुमार राइले जानकारी दिनुभयो । 

समाचार
निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागी तालिम शुरु
मंसिर १३,तेह्रथुम/सदरमुकाम म्याङलुङमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागी २ दिने तालिम आजबाट शुरु भएको छ । म्याङलुङ वजार स्थित उद्योग वाणिज्य संघको हलमा शुरु
added on 2017-11-30 09:52:08
महिला बन्दिहरुलाई बिभिन्न सामाग्री बितरण
मंसिर १३,तेह्रथुम/ लैङ्गिक हिंसा बिरुद्धको १६ दिवशिय अभियान अन्र्तगत जिल्लाका महिला अधिकारबादी संघ सस्थाहरुले जिल्ला कारागारमा रहेका महिला बन्दिहरुलाई बिभिन्न सामाग्री बितरण गरेको छ । जिल्ला कारागार पुगेको टोलीले कारगारमा
added on 2017-11-30 09:31:07
महिला बन्दिहरुलाई बिभिन्न सामाग्री बितरण
मंसिर १३,तेह्रथुम/ लैङ्गिक हिंसा बिरुद्धको १६ दिवशिय अभियान अन्र्तगत जिल्लाका महिला अधिकारबादी संघ सस्थाहरुले जिल्ला कारागारमा रहेका महिला बन्दिहरुलाई बिभिन्न सामाग्री बितरण गरेको छ । जिल्ला कारागार पुगेको टोलीले कारगारमा
added on 2017-11-30 09:31:03