News

३३ करोड बजेट पारित गर्दै म्याङलुङ नगरपालिकाको प्रथम नगर अधिबेशन सम्पन्न

 आर्थिक बर्ष ०७४/७५ का लागि करिब ३३ करोड बजेट पारित गर्दै म्याङलुङ नगरपालिकाको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । तिन दिन सम्म लगातार चलेको नगर अधिबेशनले उपमेयर पार्बती शानु डाँगी पौडेलले प्रस्तुत गर्नु भएको ३२ करोड ९८ लाख बराबरको बजेट बक्तब्य अनुमोदन गरेको छ ।

नगरपालिकाले आर्थिक बिकास तर्फ कृषि, उद्योग तथा बाणिज्य,पर्यटन,सहकारी, बित्तिय क्षेत्र,सामाजीक बिकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सस्कृति प्रबद्र्धन, खेलकुद तथा मनोरञ्जन लैंगिक समानता तथा सामाजिक समावेशीकरण रहेका छन् । यस्तै पुर्बाधार बिकास तर्फ स्थानिय सडक पुल तथा झोलुङ्गे पुल, सिचाई, भवन तथा सहकारी बिकास, उर्जा लघु तथा साना जलविद्युत र सञ्चार रहेका छन् ।

नगरपालिकाले वातावरण तथा बिपत ब्याबस्थापन  र सस्थागत बिकास सेवा प्रबाह र सुशासन रहेका छन् । यस्तै नगर अधिबेशनले पुष २९ गतेनै उपमेयर पार्बती सानु डागीको संयोजकत्वमा ३ सदस्यीय न्यायीक कानुन समति गठन गरेको छ । समितिको सदस्यहरुमा नारायण आचार्य र ईन्द्र लिम्बु रहनु भएको छ । भेला नगरपालिका मेयर सञ्जय कुमार तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न भएको हो ।

समाचार
जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको सिलन्यास गरियो
२१ चैत तेह्रथुम म्याङलुङ नगरपालिकाको जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको चैत २१ गते सिलन्यास गरिएको छ । म्याङलुङ नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको बृद्धबृद्धा बिश्राम भवनको
added on 2018-04-05 12:53:10
उज्यालो छथर अभियान २०७४ घोषणा
१८ चैत, तेह्रथुम / छथर गाउपालिकाको शुक्रबारेमा चैत १९ गते एक कार्यक्रमको आयोजना गरि उज्यालो छथर अभियान २०७४ घोषणा गरिएको छ । गाउपालिका भित्र रहेका सबै घरधुरीमा अब गाँउपालिकाको सहयोगमा बिद्युत पुग्ने
added on 2018-04-02 07:45:55
लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट
१८ चैत तेह्रथुम लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट भएका छन् । “लालिगुराँस नगरपालिकाको साङ्गितिक अभियान, लोक गित तथा लोक नृत्यको सम्मान“ भन्ने नाराका साथ बसन्पुरमा भएको अडिसनबाट नृत्य तर्फ चार जना छनौट गरिएको
added on 2018-04-02 07:40:13