News

ओख्रेमा सुरक्षित गर्भपतन सम्बन्धी भिमुखिकरण कार्यक्रम ।

छथर गाउपालिकाको ओख्रेमा सुरक्षित गर्भपतन कार्यक्रम अन्र्तगत दुई दिने श्वास्थ्य अभिमुखिकरण कार्यक्रम मंगलबार बाट सुरु भएको छ । ओख्रे श्वाथ्य चौकीमा आयोजित कार्यक्रममा प्रजनन् श्वास्थ्य अधिकार , महिलामा आईपर्ने समस्या , सुरक्षित गर्भपतन सेवा बिस्तार , विश्वमा गर्भपतन सम्बन्धी तथ्यहरु , गर्भपतन गर्न पाउने र नपाउने कानुनि प्रावधानहरु लगायतका बिषयमा छलफल गरिएको छ । भगवती मावीका बिद्यार्थी , बिद्यालयका शिक्षक , स्वाश्थ्य समितीका पदाधिकारी गरि दुई दर्जन बढि सहभागी कार्यक्रममा आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारी , जिल्ला श्वास्थ्य कार्यललयका अनिता सुब्बा , छथर गाउपालिका श्वास्थ्य सह संयोजक संजिव रसाईली र ओख्रे श्वास्थ्य चौकीका अनमी करिश्मा सर्मा तिवारी राईले सहजिकरण गर्नुभएको छ ।

आई पास नेपालको आर्थिक सहयोगमा जिल्ला श्वास्थ्य कार्यलय द्धारा आयोजित कार्यक्रममा सुरक्षित गर्भपतन सेवा विस्तारका बारेमा जानकारी गराइएकोछ ।  यसका लागी औसधी द्धारा सुचिकृत श्वास्थ्य सेवा अन्र्तगत जिल्लाका २ नगरपालिका र ४ पालिकाका २ वटा प्राथमिक श्वास्थ्य चौकीमा १२ हप्ते र ११ वटा हेल्थ पोष्टमा ९ हप्ते सुरक्षित गर्भपतन सेवा बिस्तार गरिने आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारी जानकारी दिनुभयो । कार्यक्रममा ओख्रे श्वास्थ्य चौस्का ईन्चार्ज पुर्ण मगर आईपास सयोजक भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडाध्यक्ष पुण्य प्रसाद ढकालको प्रमुख आथित्य तथा अस्थाई प्रहरी चौकी ओख्रेका ईन्चार्ज सुर्य बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको छथर सहकर्मी ऋचा लिम्बुले जानकारी दिनुभयो ।  

समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39