News

मेयङलुङ स्तम्भमा सिसि क्यामेरा राखियो ।

जिल्लामा पहिलो पटक सार्वजनिक स्थलमा सिसि क्यामेरा राखिएको छ । अपराधिक कृयाकलाप न्यूनिकरण गर्दै शान्ति सु व्यावस्था कामय गर्न साथै समुदायको व्यावहार परिवर्तन गर्ने उदेस्यले किराँत याक्थुङ चुम्लुङको पहलमा सिसि क्यामेरा जडान गरिएको चुम्लुङका सचिव तेजमान कन्दङवाले जानकारी दिए । उनका अनुसार सदरमुकाम म्याङलुङको प्रवेश द्धारमा चुम्लुङले निर्माण गरेको विरालोको स्तम्भमा दुई वटा सिसि क्यामेरा जडान भएका छन् ।  
 
उक्त क्यामेराले कैद गरेको दृष्यहरुलाई नजिकैको सामुदायिक प्रहरी सेवा केन्द्र बाट निगरानी गर्ने व्यावस्था मिलाईएको चुम्लुङले  जनाएको छ । ‘बजारको अन्य स्थान भन्दा बसपार्कमा नै धेरै चहल पहल हुन्छ र आसपासको गतिबिधीलाई प्रहरीले चौबिसै घण्टा हेर्न मिल्छ’ कन्दङवाले भने । क्यामेराले शान्ति सुरक्षालाई थप व्यावस्थित पारेको भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रले पनि खुशि व्यक्त गर्दै चुम्लुङको महत्वपुर्ण कार्य गरेको जनायो । 
 
यसका साथै बिरालोको स्तम्भमा बिद्युतिय उपकरणको सुचना बोर्ड समेत राखिएको छ । उक्त डिजिटल बोर्ड मार्फत सार्वनजिक सुचनाहरु राख्न सकिने किरात याक्थुङ चुम्लुङका अध्यक्ष गणेश सेनेहाङले बताए । ‘स्तम्भको चारैतिर राखिएको बोर्डमा सरकारी तथा गैर सरकारी कार्यलय एवं संघ संस्थाहरुको बिभिन्न सुचना तथा जानकारीहरु राखिनेछन् ’ उनले भने । घुमिरहने सुचना बोर्डमा नव आगन्तुक तथा बसपार्क प्रवेश गर्ने नागरिकहरुलाई स्वागत तथा स्तम्भ अवलोकनका लागी धन्यबाद लेखिएको सब्द डिजिटल बाट देखिनेछ । स्तम्भमा घण्टैपिच्छे ‘विरालो कराउने’ प्रविधि समेत जडान गरिएको छ । 
 
स्तम्भमा सिसि क्यामेरा तथा बिद्युतिय सुचना पार्टी जडान गर्नका लागी करिब तिन लाख खर्च भएको चुम्लुङले जनाएको छ । ‘यो सबै खर्च दाताहरु बाट संकलन गरिएको हो ’ चुम्लुङका अध्यक्ष सेनेहाङले भने । यसका लागी प्रवासमा बसोबास गर्ने जिल्लाबासीहरु मुख्यदाता हुन् उनले भने । 
 
सिसि क्यामेरा तथा बिद्युतिय सुचना पार्टी जडान सगै बिरालोको स्तम्भ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘म्याङलुङ्ग’को ऐतिहासिक परिचय झल्किने स्तम्भ निर्माण कार्य नब्बे प्रतिशत सकिएको निर्माण समितीका अध्यक्ष पुण्य प्रसाद सम्बाहाम्फेले बताए । उनका अनुसार स्तम्भ बनाउनका लागी २६ लाख खर्च भईसकेको छ । 
 
यसभन्दा अघि जिल्लाका केहि बैंक तथा बित्तिय सस्थाहरुले मात्र सिसि क्यामेरा जडान गरेका छन् । पछिल्लो समय भने जिल्लाका ६ स्थानिय तह मध्ये छथर गाउपालिकाले आफ्नो मातहतका कार्यलयमा सिसि क्यामेरा जडान गरेको छ । कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अनियमितालाई रोकेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उदेश्यले गाउपालिकाले सिसि क्यामेरा जडान गरेको अध्यक्ष सन्तबिर लिम्बुले जानकारी दिए । 
 
 
समाचार
गोपाल संग्रौलाको “नर्मदा” खण्डकाव्य लोर्कापण
तेह्रथुम , २७ माघ कवि गोपाल संग्रौला द्धारा लिखित नर्मदा खण्डकाव्यको मेन्छ्यायेम गाउपालिकाको मोराहाङमा शुक्रबार लोकार्पण गरिएको छ । आठराई खाम्लालुङ भई लामो समय सम्म शैक्षिक पेसामा कार्यरत कवि
added on 2018-02-10 18:23:04
मेयङलुङ स्तम्भमा सिसि क्यामेरा राखियो ।
टीआर सेनेहाङ तेह्रथुम , २३ माघ । जिल्लामा पहिलो पटक सार्वजनिक स्थलमा सिसि क्यामेरा राखिएको छ । अपराधिक कृयाकलाप न्यूनिकरण गर्दै शान्ति सु व्यावस्था कामय गर्न साथै समुदायको व्यावहार परिवर्तन गर्ने उदेस्यले किराँत याक्थुङ चुम्लुङको
added on 2018-02-06 08:57:28
ओख्रेमा सुरक्षित गर्भपतन सम्बन्धी भिमुखिकरण कार्यक्रम ।
तेह्रथुम, २३ माघ छथर गाउपालिकाको ओख्रेमा सुरक्षित गर्भपतन कार्यक्रम अन्र्तगत दुई दिने श्वास्थ्य अभिमुखिकरण कार्यक्रम मंगलबार बाट सुरु भएको छ । ओख्रे श्वाथ्य चौकीमा आयोजित कार्यक्रममा प्रजनन् श्वास्थ्य अधिकार
added on 2018-02-06 08:42:40