News

गोपाल संग्रौलाको “नर्मदा” खण्डकाव्य लोर्कापण

कवि गोपाल संग्रौला द्धारा लिखित नर्मदा खण्डकाव्यको मेन्छ्यायेम गाउपालिकाको मोराहाङमा शुक्रबार लोकार्पण गरिएको छ । आठराई खाम्लालुङ भई लामो समय सम्म शैक्षिक पेसामा कार्यरत कवि स्रगौलाले कसैको बारेमा चरित्र चित्रण गर्दै लेख्नुभएको उक्त खण्डकाव्य एक समारोहका बिच मेन्छ्यायेम ५ का वडाध्यक्ष शिवनाथ खापुङले लोकापर्ण गनुभयो । मोराहाङ कै गौखुरी मावीमा लामो समय सम्म अध्यापन गरेका संग्रौलाले आफु डेरा बसको घर तथा आफ्ना शैक्षिक सहकर्मी सोमनाथ खतिवडाकी ममतमयी आमाको जिवन शैलीलाई चरिथार्त खण्ड काव्यमा उताएको हुन् । ५२ पुष्ठ रहेको उक्त काव्यको दिर्वगत माता नर्मदाको १८ औ स्मृती दिवशको अवशरमा लोर्कापण गरिएको उहाका छोरा सोमनाथ खतिवडाले जानकारी दिनुभयो । एकै परिवार जस्तो भएर लामो समय सम्म एउटै घरमा रहदा , तिमी त कविता लेख्दा रहेछौ मेरो बारे पनि लेखिदिनु है भनेर माता नर्मदाले भनेको कारण आफुले यो खण्ड काव्य तयार पारेको कवि संगौलाले बताउनुभयो । लोकार्पित काव्यको गौखुरी मावीका नेपाली बिषयका शिक्षक भेषराज सापकोटाले समालोचनात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षक , स्थानिय जनप्रतिनधी तथा बुद्धिजिवीहरुले शुभकामना मन्यव्य राखेका थिए । शैक्षिक पेसा बाट नृवित्त भईरहेका साहित्यकार संग्रौलाको आधा दर्जन कृतिहरु प्रकासित छन् । उहाका प्रकाशित कृतिहरुमा जनचेतनाका फिलुङगाहरु २०४५ , हरिमाया काव्य २०५२ , बिद्रोहका बाँसुरी २०६४ , सर्जक र सिर्जना २०६४ , प्रतिविम्ब गजल संग्रह २०७० र आमा अबसरा २०७३ हुन । 
 
समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39