News

पोक्लाबाङको उपाधी खाम्लालुङलाई ।

फेदापको पोक्लाबाङमा सम्पन्न खुला पुरुष फुटबल प्रतियोगिताको उपाधी खेलकुद बिकास समिती खाम्लालुङले हात पारेको छ । आज भएको फाईनल खेलमा याक्थुङ कुरुम्भङ सजुम्भोलाई हराउदै खाम्लालुङ बिजयी भएको हो । जित संगै खाम्लालुङले नगद ५१ हजारको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने द्धितिय बनेको कुरुम्बाङ सजुम्भोले २५ हजार ५ सय को साथमा कप मेडल प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको प्रथम पुरस्कार किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष उत्ताम सिं थाम्देनले प्रायोजन गर्नुभएको हो भने द्धितिय पुरस्कार दुबईमा कार्यरत सिम्ले निवासी राजेन्द्र कुरुम्बाङले प्रायोजन गर्नुभएको थियो । 
खेलकुदको साथमा हाक्पारे , ख्याली , संगिनी , च्याबु्रङ , डम्फु , सेलो लगायत बिभिन्न जातका संस्कृती झल्किने सास्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् । हाक्पारे ख्याली तर्फ ,मितेरी युवा क्लब केलाङ समुह  प्रथम घोषित हुदै नगद ५ हजार र प्रमाण पत्र र दोस्रो फक्ताङलुङ सास्कृतीक क्लब फेदाप १ ले नगद २५ सय प्राप्त गरेका छ । यस्तै डम्फुसेलो तर्फ नाम्लासाङ क्लब जलजले प्रथम भए पछि नगद ५ हजार प्रमाणपत्र र दोस्रो हुने मालिङगा समझना यसवा क्लबले  २५ सय प्रमाणपत्र प्राप्त गरेको छ । 
यस्तै संगिनी तर्फ प्रथम सिंहदेबि कृतन भजन मण्डली समुह मेन्छ्यायेम गाउ पालिकाले  ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरको छ । यस्तै संगिनी तर्फ सिंह देबी कृतन भजन मण्डली मेन्छयेम गाउपालिका  प्रथम र सिंह देबी कृतन भजन मण्डली फेदाप ३ दोश्रोको छ । संगिनी तर्फ प्रथमलाई ३ हजार र द्धितिय लाई १५ सय प्रदान गरिएको छ ।कार्यक्रम गाउ पालिका अध्यक्ष हरि हुक्पा चोङबाङको प्रमुख आथित्यता र फेदाप यसवा क्लब उपसमितिका संयोजक दुर्गा प्रशाद निङलेखुको अध्यक्षतामा सम्पन्न भएको फेदाप सहकर्मी ईन्द्र नेपालीले जानकारी दिनुभयो । 

 

समाचार
बर्षातको पानी जोहो
असोज ९, तेह्रथुम / जिल्लाको सुख्खाग्रस्त क्षेत्रका किसानहरु सिँचाईका लागी पानीको जोहो गर्न थालेका छन् । पानी अभाबका कारण प्रत्येक बर्ष सिँचाईमा समस्या हुदै आएको सुख्खाग्रस्त क्षेत्रका कृषकहरुले बर्षातको पानी जोहो
added on 2018-09-25 09:01:13
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
असोज ९, तेह्रथुम /मानब अधिकार बिरोधी हिंसाका घटना रोक्न कानुनमा प्रयाप्त व्यावस्था गरी अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिन माग गर्दै अन्तरपार्टी महिला संन्जालले जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
added on 2018-09-25 08:43:51
तेह्रथुम जिल्लाको विद्युत क्षेत्रको विकास
तेह्रथुम / जिल्लाको विद्युत क्षेत्रको विकासका लागि हालसम्मकै उच्च बजेट विनियोजन भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा विद्युतीकरण
added on 2018-09-24 10:06:01