News

गाईपालनमा हौसिए युवाहरु

धेरै युबाहरु रोजगारका लागी बिदेशीने क्रम बढ्दो रहेको छ । आफ्नै देशमा श्रम र मेहेनत गर्ने युबाहरु संख्या कम छन । तर पछिल्लो समय तेह्रथुमका युबाहरुमा ब्याबशायिक पशुपालन गरी दुध बिक्री तर्फ आकर्षण बढ्दो छ । छथर गाउँपालिका १ आङदिमका युद्धलक्ष्मण भट्टराईले व्यावशायिक गाईपालन गर्नुभएकोछ । गाउँका धेरै युबा रोजगारका लागी बिभीन्न मुलुकमा पुगेका बेला भट्टराईलाई बिदेशको रहरले पटक्कै छोएन । २ बर्ष देखी घरमै गाईफर्म सुरु गरी दुध बिक्रीबाट मासिक ४०देखी ४५ हजार रुपैयाँ आम्दानी लिँदै आएका छन् । भट्टराइले गाउँमै केही गर्ने मनसायले २ बर्षअघी जालपादेबी गाईफर्म दर्ता गरी ब्याबशायिक रुपमा गाईपालन सुरु गरेका हुन। ईलामबाट ६ वटा उन्नतजातका गाई ६ लाखमा खरिद गरी फर्म गरेका भट्टराइले होलस्टेन र जर्सी जातका गाई पाल्दै आएका छन । उहाको फर्मबाट दैनिक ३० देखी ३५ लिटर दुध उत्पादन हुन्छ । 
 
दुधबाट परिवार खर्चका चलाएर २ लाख बार्षिक जोहो हुन्छ । दुध बिक्रि बाट ब्याबशायका  लागी कृषी बिकास बैकको ४ लाख रिन बर्षेनी घट्दै आएको छ । फर्म सञ्चालनका लागी ५ रोपनी जमिनमा घाँस खेती लगाएका छन । उनले डुस,नेपियर जे लगायतका घाँस खेती लगाउँदै आएका छन । फर्म सञ्चालनका लागी जिल्ला पशु सेवा कार्यालयबाट च्याप कटर मेसिन उन्नती परियोजनाबाट १५ हजार नगदका साथै घाँसका बिउ अनुदान प्राप्त गरेको उहाले बताउनुभयो । मेहेनत श्रम र लगानी गरी निरन्तरता दिन सके रोजगारको लागी भौतारी रहनु नपर्ने भट्टराईले बताउनुभयो । 
 
भट्टराइ जस्तै छथर क्षेत्रमा ब्याशायिक रुपमा गाईपालनका निम्ती फर्म दर्ता गर्नेहरुको संख्या बढ्दो रुपमा रहेको जिल्ला कृषी कार्यालय तेह्रथुमले जनाएको छ । कार्यालयका अनुसार यस क्षेत्रमा मात्र उन्नत जातको आधा दर्जन फर्म सञ्चालनमा रहेका छन ।
 
समाचार
मेन्छ्यायेम गाउँपालीकामा लगाएको मकै बाली असिना पानीले नस्ट
जेठ १५‍,तेह्रथुम/ मेन्छ्यायेम गाउँपालीका वार्ड न ४ ५ र ६ का सयौ रोपनी जग्गामा लगाएको मकै बाली असिना पानीले नस्ट
added on 2018-05-30 15:02:00
गणतन्त्र दिबशको अबसरमा जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीलाइ आममाफी
जेठ १५/ तेह्रथुम, गणतन्त्र दिबशको अबसरमा जेठ १५ गते जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीहरु आममाफी पाई निस्कीएका छन् । राम्रो आचारण भएका मध्ये ७ जना गणतन्त्रको अबसरमा आममाफी
added on 2018-05-30 14:41:08
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08