News

लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट

 लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट भएका छन् । “लालिगुराँस नगरपालिकाको साङ्गितिक अभियान, लोक गित तथा लोक नृत्यको सम्मान“ भन्ने नाराका साथ बसन्पुरमा भएको अडिसनबाट नृत्य तर्फ चार जना छनौट गरिएको आईडलका व्यावस्थापक रविकिरण मादेनले जानकारी दिनुभयो । आईडलका लागी छनौट हुनेमा प्रेरणा गुरुङ, सुसन गुरुङ, सर्मिला लिम्बु  र पुर्णिमा नेपाली रहेका छन् ।

लुकेर रहेको लोक नृत्य तथा लोक गायनमा प्रतिभावान् युवाको कलालाई खोजी तथा उजागरण गर्ने उदेश्यका साथ आईडलको आयोजना गरिएको ब्याबस्थापक मादेनले बताउनुभयो । उहाँका अनुसार त्यस्ता किसिमको कला पहिचान गरि कलाकारिताको क्षेत्रमा ल्याउने नगरपालिकाको मुख्य उदेस्य हो । यहि अघिको लसुने अडिसन बाट ७ जना प्रतियोगी छनौट भएका छन् । आईडलको प्रथम चरणको अन्तिम अडिसन चैत २० गते दाँगपामा हुने र फाईनल नया सालको बैेशाख दुई गते बसन्तपुरमा हुने आयोजकले जनाएको छ । 

फाईनलमा लोक गायक खगेन्द्र यक्सोको साथमा कमलीकान्त भेटवाल, लिला राई, ईन्द्र शुसिल चोङबाङ, दिलेन बाबु लिम्बु लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । लालिगुराँस नगरपालिकाको सहयोगमा सञ्चालित आईडलको प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र र दोस्रो हुनेले १० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् । 

समाचार
बर्षातको पानी जोहो
असोज ९, तेह्रथुम / जिल्लाको सुख्खाग्रस्त क्षेत्रका किसानहरु सिँचाईका लागी पानीको जोहो गर्न थालेका छन् । पानी अभाबका कारण प्रत्येक बर्ष सिँचाईमा समस्या हुदै आएको सुख्खाग्रस्त क्षेत्रका कृषकहरुले बर्षातको पानी जोहो
added on 2018-09-25 09:01:13
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
असोज ९, तेह्रथुम /मानब अधिकार बिरोधी हिंसाका घटना रोक्न कानुनमा प्रयाप्त व्यावस्था गरी अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिन माग गर्दै अन्तरपार्टी महिला संन्जालले जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
added on 2018-09-25 08:43:51
तेह्रथुम जिल्लाको विद्युत क्षेत्रको विकास
तेह्रथुम / जिल्लाको विद्युत क्षेत्रको विकासका लागि हालसम्मकै उच्च बजेट विनियोजन भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा विद्युतीकरण
added on 2018-09-24 10:06:01