News

उज्यालो छथर अभियान २०७४ घोषणा

  छथर गाउपालिकाको शुक्रबारेमा चैत १९ गते एक कार्यक्रमको आयोजना गरि उज्यालो छथर अभियान  २०७४ घोषणा गरिएको छ । गाउपालिका भित्र रहेका सबै घरधुरीमा अब गाँउपालिकाको सहयोगमा  बिद्युत पुग्ने भएको भन्दै एक औपचारीक कार्यक्रमको आयोजना गरि छथर उज्यालो अभियान २०७४ घोषणा गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी आन्तरिक मामला तथा कानुन मन्त्री हिकमत कार्कीद्धारा एक जोडी परेवा उडाएर औपचारीक रुपमा उज्यालो छथर अभियान  २०७४ घोषणा गरिएको हो ।

कार्यक्रममा गाउपालिकाका बिपन्न परिवार मध्ये बिद्युत बिस्तार गर्न नसकेका ८७ घर परिवारलाई बिद्युतीय सामाग्री र क्षेत्रगत हिसाबले दुर्गम क्षेत्रमा रहेका ३९ घरलाई २० वाटको सोलार प्लेट बितरण गरिएको छथर गाउ पालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । उहाँका अनुसार यो अभियान पछि अब छथर गाउ पालिकाका सबै वडाका घरधुरीका सदस्यहरुले टुकी बाल्न नपर्ने गाउपालिकाको उदेश्य रहेको छ । गाँउपालिकाका अतिबिपन्न परिवारलाई गाउपालिकाले सहयोग गरे पछि बिपन्न परिवार खुसि भएका छन् । पहिलो चरणमा बिजुली नपुगेको घर परिवारलाई बिद्युत उपलब्ध गराउने उदेश्य लिएको गाउपालिकाका प्रबक्ता राजन नेपालीले बताउनु भयो ।

उज्यालो छथर अभियान  २०७४ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी आन्तरिक मामला तथा कानुन मन्त्री कार्कीले स्थानीय सरकार भनेको स्थानीयको आबश्यकता अनुसार योजना बनाएर काम गर्नु पर्ने धारणा राख्नु भएको छ । उहाले अब प्रदेश सांषदले स्थानीय निर्बाचन सम्पन्न भएको १० महिनाको अबधीमा गाउपालिकाको बजेट खर्च गर्न सक्ने गाउ पालिकालाई मात्र बजेट थप गर्ने बताउनु भयो । कार्यक्रममा गाउपालिकाका अध्यक्ष तिगेलाले छथर गाउ पालिकालाई साक्षर गाउ पालिका समेत घोषणा गरेको भएको सार्बजनिक गरेका छन् ।

उनले गाउ पालिकामा रहेको १५ बर्ष देखि ६० बर्ष सम्मका ९६ दशमलब ५३ प्रतिशत साक्षर रहेको सार्बजनीक गरेका छन् । छथर गाउपालिकाका ९ हजार २ सय ४६ जना साक्षर रहेका छन् । यसै बिच गाउपालिकाले दोश्रो चौमासिक सम्मको गतिबिधी समेत सार्बजनीक गरेका छन् । घोषणा सभामा गाउपालिका अध्यक्ष तिगेलाले १० करोड ९२ लाख ५६ हजार ३ सय ५० रुपैया बजेट खर्च भएको बताएका छन् । गाउपालिकालाई प्राप्त बजेट करिब २३ करोड मध्ये दोश्रो चौमासिक सम्ममा करिब १० करोड बढी खर्च भएको सार्बजनिक गरेका हुन् ।

समाचार
कोषको सहयोगमा घर घरमा धारा
कल्पना लिम्बु असार २१,तेह्रथुम(मेन्छ्यायेम) ­जिल्लाको फेदाप पाउ पालिका साबिक सम्दुमा रहेको अन्नपुर्ण सामुदायीक सस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाले स्थानीयबासी खुसी भएका छन् ।यस अघि बिहान दुई घण्टाको समय खाानेपानी जोहो गर्दै
added on 2018-07-05 18:31:21
उपचारका लागी काठमाडौं लगीएका दिलु लिम्बूलाई आर्थिक सहयोग
असार १९,तेह्रथुम/ म्याङलुङ बसन्तपुर सडक खण्ड हिलाम्मे भएर एम्बुलेन्स सञ्चालन गर्न जोखिम भएपछि हेलीकप्टर चार्टर गरी उपचारका लागी काठमाडौं लगीएका म्याङलुङ नगरपालिका–५ अम्फुवाकी
added on 2018-07-04 09:27:09
चिया कफी खेती समन्वय सम्बन्धी एकदिने गोष्टी सम्पन्न
चिया खेतीमा व्यावशायिक बनाउनका निम्ती चिया कृषकहरुलाई लालिगुराँस नगरपालिकाको सोल्मामा चिया कफी खेती समन्वय सम्बन्धी एकदिने गोष्टी सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफि
added on 2018-07-04 09:05:11