News

जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको सिलन्यास गरियो

 म्याङलुङ नगरपालिकाको जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको चैत २१ गते सिलन्यास गरिएको छ । म्याङलुङ नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको बृद्धबृद्धा बिश्राम भवनको म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाङफेले  सिलन्यास गर्नुभएको हो । जिरिखिम्ती बजार नजिकै निर्माण हुने बृद्धबृद्धा बिश्राम भवनका लागि यहाँका बृद्धबद्धाहरुले तिहारमा देउसी खेलेर रकम संकलन गरे सगै भवन निर्माणका लागि एक जुट भएका हुन् ।
 
जिरिखिम्ती बजार आसपासका ७० बर्ष माथीका ६० जना बढी बृद्धबृद्धाहरुले सुरु गरेको अभियानमा म्याङलुङ नगरपालिकाले समेत सहयोग गरेको नगरपालिकाका मेयर तुम्बाहाङफेले बताउनु भयो । उहाँले बृद्धबृद्धाहरुले सुरु गरेको अभियानमा नगरपालिकाले यस आर्थिक बर्षमा ७ लाख आर्थिक सहयोग गरेको बताउनु भएको छ । बृद्धबृद्धा बिश्राम भवनमा जिरिखिम्ती आसपासका ७० बर्ष उमेर माथीका बृद्धबृद्धाहरुले आफ्नै बृद्धभक्ता समेत बचत गरेर भवन निर्माणका लागि छुट्याएको बृद्धबृद्धा बिश्राम भवन निर्माण समितिका अध्यक्ष भर्त बहादुर सिंजागुले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि बिभिन्न क्षेत्रका समाजसेबीहरुले समेत आर्थिक सहयोग गरिरहेको भवन निर्माण समितिका सचिब  सुबिन्द्र थेगुवाले बताउनु भयो ।
 
उँहाका अनुसार भवन  निर्माणका लागि अहिले सम्ममा १३ लाख बढी रकम संकलन भएको छ । बृद्धबृद्धा बिश्राम भवन नहुँदा यहाँका बृद्धबृद्धाहरुलाई फुर्सदको समयमा बसेर कुराकानी गर्न समेत समस्या हुदै आएको छ । भवन निर्माण पछि उमेरले डाडाँ काटीसकेका बृद्धबृद्धाहरुलाई भलाकुसारी गर्न सहज हुने जेष्ठ नागरिक संघ तेह्रथुमका अध्यक्ष केदार ढुंगानाले बताउनुभयो । उँहाले जिल्ला सदरमुकाममा समेत बृद्धबृद्धा बिश्राम भवन निर्माणका लागि पहल समेत गर्न नसकेको बेला जिरिखिम्ती बजारमा भवन निर्माण हुनु उदाहरणीय काम भएको बताउनु भएको छ ।
 
भवन सिलन्यास कार्यक्रममा प्रमुख अतिथी म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाङफे, म्याङलुङ नगरपालिका वडानम्बर ७ का वडाअध्यक्ष नारायण आचार्य लगायतले भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
 
 
समाचार
जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको सिलन्यास गरियो
२१ चैत तेह्रथुम म्याङलुङ नगरपालिकाको जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको चैत २१ गते सिलन्यास गरिएको छ । म्याङलुङ नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको बृद्धबृद्धा बिश्राम भवनको
added on 2018-04-05 12:53:10
उज्यालो छथर अभियान २०७४ घोषणा
१८ चैत, तेह्रथुम / छथर गाउपालिकाको शुक्रबारेमा चैत १९ गते एक कार्यक्रमको आयोजना गरि उज्यालो छथर अभियान २०७४ घोषणा गरिएको छ । गाउपालिका भित्र रहेका सबै घरधुरीमा अब गाँउपालिकाको सहयोगमा बिद्युत पुग्ने
added on 2018-04-02 07:45:55
लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट
१८ चैत तेह्रथुम लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट भएका छन् । “लालिगुराँस नगरपालिकाको साङ्गितिक अभियान, लोक गित तथा लोक नृत्यको सम्मान“ भन्ने नाराका साथ बसन्पुरमा भएको अडिसनबाट नृत्य तर्फ चार जना छनौट गरिएको
added on 2018-04-02 07:40:13