News

रत्नमायाको शब २६ घण्टापछि आफन्तले बुझ्ने भए

बैशाख २५, तेह्रथुम / जिल्ला अस्पताल तेह्रथुममा उपचारको अभावमा मृत्यु भएकी रत्नमायाको शव आफन्तले २६ घण्टापछी बुझ्ने सहमती जनाएकाछन् । दुईदिन सम्म अस्पतालको बेडमा बेवारिसे अवस्थमा रहेको मृतक रत्नमायाको शव स्थानीय प्रशासन र पिडितपक्षबीच पटक पटक भएको सहमतीमा लाश बुझ्न तयार भएको म्याङ्लुङ नगरपालिका ८ का वडाध्यक्ष सुनिलकुमार सम्बाहाङ्फेले बताउनु भयो ।
 
उहाले जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी प्रति चिकित्सकहरुले राम्रो ब्याबहार नगर्ने गरेका कारण रत्नमायाको मृत्यु भएको दाबी गरेका छन् । तेह्र्रथुम जिल्ला अस्पतालमा प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएपछि आज दिनभर अस्पताल तनाबग्रस्त भएको थियो । तिन दिन अघि प्रसुतिगराउन अस्पताल भर्नाभएकी म्याङलुङ नगरपालिका ८ आङ्बुङकी ३५ बर्षिया रत्नमाया मगरको ज्यान गएपछि आक्रोषित आफन्तले नाराबाजि गरेपछि अस्पताल तनाबग्रस्त भएको थियो
सुत्केरि ब्यथा लाग्ने औषधि दिएपछि रत्नमायाको मृत्यु भएको भन्दै परिवार र महिला अधिकारकर्मीहरुले अस्पताल प्रशासनको चरम लापरबाहीको बिरोध गरेका छन् । सुत्केरी ब्यथा लागेर सुरक्षित सुत्केरिका लागि शनिबार दिउँसो अस्पताल आएकी मगरको उपचारको अभाबमा मृत्यु भएको उनका पति टेकबहादुर मगरले आरोप लगाएका छन् । सुरक्षित प्रसुती गराउन जिल्ला अस्पताल आएकी रत्नमायाको तीनदिन पछि जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।
 
अस्पतालमा पुर्याएर समेत सुत्केरी महिलाको मृत्यु भएपछि नागरिकहरुले जिल्ला अस्पतालको सेवा प्रभाबको बारेमा टिप्पडी गर्न थालेका छन् । सुरक्षित सुत्केरि गराउन आएकी रत्नमायाको निधन भएपछि मंगलबार दिनभर मृतक आफन्तले जिल्ला अस्पताल परिसरमा घेराउ गरि नाराबाजि गरे । अस्पताल प्रसाशन र पिडित पक्ष बिचको छलफल पछि उपचारमा संलग्न डाक्टर रोहित कुमार झा ले सबैलाई बिरामीको अवस्था र मृत्युहुनुको कारणका बारेमा तयार पारिएको प्रतिबेदन सार्बजानिक गरेका छन् ।
 
डाक्टर झा ले यस्तो समस्या प्रसुती ब्यथा लागेका महिला मध्ये हजारौँमा एक जनालाई छिटपुट रुपमा हुने बताएका छन् । उनले बिरामी आमा र बच्चाको ज्यान बचाउनका लागि आफुले सक्दो प्रयास गरेपनि बचाउन नसकेको स्विकार गरेका छन् । 
समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37