News

गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै

 गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै असर गरेकोे छ । फागुन पहिलो साता देखी नै यो क्षेत्रमा पर्यटकको चहलपहल हुन्छ । जेठ दोस्रो साता सम्म गुराँस रहने हुनाले टाढा टाढा बाट पर्यटकहरु आउने गरेका छन् ।  उनिहरुले ल्याउने प्लाष्टिकका टुक्रा, पानी तथा रक्सीका बोत्तलहरु जथाभावी फालिएका छन् ।

करिब ३ हजार मिटर उचाईमा रहेको पर्यटकिय क्षेत्र टिएमजेमा फोहोर थुप्रिए पनि सरोकारवाला मौन छन् । यहा फोहोर फाक्ने भाडा नराखिएको कारण फोहोरको व्यावस्थापन नभएको हो । लालिगुराँस नगरपालिकाले फोहोर व्यावस्थापनमा ध्यान दिएको छैन । यसैबिच पर्यटकहरुको एक समुहले फोहोर उठाएर एक ठाँउमा थुपारिदिएको छ । यस क्षेत्रमा पर्यटकहरुलाई उचित गाईड नहुदा टीएमजे क्षेत्रमा फोहोर थुप्रिदै गएको ईटहरी होटल एसोसिएनका अध्यक्ष जीवन पराजुलीले बताउनुभयो ।

सरकारी निकाले संरक्षण नगर्दा यो क्षेत्र जथाभावी गुराँस टिप्ने र फोहोर फ्यालिने गरेको टीएमजे क्षेत्रमा घुम्न आएका यादव कोईरालाले बताउनुभयो । फोहोरको व्यावस्थापन नगरे फोहोर वस्ती सम्म आईपुग्ने संभावना रहेको पर्यटकहरु बताउछन् । तेह्रथुम , संखुवासभा र ताप्लेजुङको संगमस्थलको रुपमा रहेको संरक्षित क्षेत्रमा नेपालमा पाईने ३२ प्रजातीका मध्ये २८ प्रजातीका गुराँस पाइन्छन्  । यहा गुराँस फुल्ने सिजनमा हजारौ पर्यटकहरु आउने गरेका छन् ।

समाचार
मेन्छ्यायेम गाउँपालीकामा लगाएको मकै बाली असिना पानीले नस्ट
जेठ १५‍,तेह्रथुम/ मेन्छ्यायेम गाउँपालीका वार्ड न ४ ५ र ६ का सयौ रोपनी जग्गामा लगाएको मकै बाली असिना पानीले नस्ट
added on 2018-05-30 15:02:00
गणतन्त्र दिबशको अबसरमा जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीलाइ आममाफी
जेठ १५/ तेह्रथुम, गणतन्त्र दिबशको अबसरमा जेठ १५ गते जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीहरु आममाफी पाई निस्कीएका छन् । राम्रो आचारण भएका मध्ये ७ जना गणतन्त्रको अबसरमा आममाफी
added on 2018-05-30 14:41:08
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08