News

चिया कफी खेती समन्वय सम्बन्धी एकदिने गोष्टी सम्पन्न

असार १९,तेह्रथुम/ चिया खेतीमा व्यावशायिक बनाउनका निम्ती चिया कृषकहरुलाई लालिगुराँस नगरपालिकाको सोल्मामा चिया कफी खेती समन्वय सम्बन्धी एकदिने गोष्टी सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड द्धारा सञ्चालित चिया विस्तार योजना सोल्माको बार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजना गरिएको गोष्टीमा जिल्लाका ९ वटा र संखुवासभाको एक गरि १० वटा चिया उत्पादक सहकारी सस्थाका अध्यक्ष तथा प्रतिनिधी सहभागी बनेका छन् ।
 
चिया बिस्तार योजनाको हलमा आयोजित कार्यक्रममा चिया खेतीको व्यावस्थापन , चिया खेतीको समस्या र चुनौती , हरियो चियापत्तीको मुल्य , गुणस्तर बजारीकरण लगायतका बिषयमा छलफल गरिएको गोष्टीमा सहभागी शिंहदेखी चिया प्रसोधन केन्द्रका प्रबन्धक शंकर खनालले जानकारी दिनुभयो । साथै सोहि अवशरमा किसानहरुलाई चिया तथा कफि खेतीमा प्रोत्साहन दिलाउनका लागी सहकारीहरुलाई निसुल्क कृषि औजार वितरण गरिएको छ ।
 
जिल्लाका ९ र संखुवासभाको एक सहकारी गरि १० वटा सहकारी सस्थालाई स्प्रेयर र छुरिपताङ वितबरण गरिएको चिया विस्तार योजनाका कर्मचारी चन्द्र प्रसाद बास्तोलाले जानकारी दिनुभयो । कार्यक्रम शिंहदेदी चिया उत्पादक सहकारी सस्थाका पुर्वअध्यक्ष डिल्लीराम खनालको प्रमुख आथित्य तथा चिया विस्तार योजनाका प्रमुख बिजयकुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ ।
 
जिल्लाका सोल्मा , सुङनाम , जिरिखिम्ती , मोराहाङ, श्रीजुङ , हमुरजुङ , पञ्चकन्या , आङदिम लगायतको स्थानमा व्यावशायिक चिया खेती हुदै आएको छ । जिल्ला भरीमा ३८ सय बढि रोपनी क्षेत्रफलमा चिया खेती भईरहेको चिया उत्पादक सहकारी संघको तथ्याङकमा उल्लेख छ । ‘सोल्मा र सुङनाममा मात्रै अहिले १४ सय बढि रोपनी क्षेत्रफलमा चिया खेती हुदै आएको छ ।
 
समाचार
बर्षातको पानी जोहो
असोज ९, तेह्रथुम / जिल्लाको सुख्खाग्रस्त क्षेत्रका किसानहरु सिँचाईका लागी पानीको जोहो गर्न थालेका छन् । पानी अभाबका कारण प्रत्येक बर्ष सिँचाईमा समस्या हुदै आएको सुख्खाग्रस्त क्षेत्रका कृषकहरुले बर्षातको पानी जोहो
added on 2018-09-25 09:01:13
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
असोज ९, तेह्रथुम /मानब अधिकार बिरोधी हिंसाका घटना रोक्न कानुनमा प्रयाप्त व्यावस्था गरी अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिन माग गर्दै अन्तरपार्टी महिला संन्जालले जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
added on 2018-09-25 08:43:51
तेह्रथुम जिल्लाको विद्युत क्षेत्रको विकास
तेह्रथुम / जिल्लाको विद्युत क्षेत्रको विकासका लागि हालसम्मकै उच्च बजेट विनियोजन भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा विद्युतीकरण
added on 2018-09-24 10:06:01