News

उपचारका लागी काठमाडौं लगीएका दिलु लिम्बूलाई आर्थिक सहयोग

म्याङलुङ बसन्तपुर सडक खण्ड हिलाम्मे भएर एम्बुलेन्स सञ्चालन गर्न जोखिम भएपछि हेलीकप्टर चार्टर गरी उपचारका लागी काठमाडौं लगीएका म्याङलुङ नगरपालिका–५ अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूलाई पुख्र्यौली अम्फुवा घर भई हाल काठमाडौ तथा विदेशमा कार्यरतले आर्थिक सहयोग गरेका छन् । जिल्ला अस्पतालमा शल्यक्रिया गरी प्रसुती गराउदा पाठेघरबाट रक्तश्राव भएपछि थप उपचारका लागि महंगो भाडा तिरेर काठमाडौं लगीएका लिम्बुलाई काठमाडौ तथा विदेशमा कार्यरत २० जना बढिले गरि एक लाख २ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका हुन् ।
 
काठमाडौ स्थित टिचिङ हस्पीटलमा उपचार गराईएको दिलुलाई म्याङलुङ नगरपालिका ५ साबिक जिरिखिम्ती ४ आम्दिम घर भई हालमा काठमाडौमा रहनुहुने तिलोक सिं सोदेम्बा र उहाकी श्रीमती भक्तिमाया कुरुम्बाङले संयुक्त रुपमा ५० हजार सहयोग गर्नुभएको आर्थिक संकलनका अभियान्ता लोकेन्द्र सिंजागुले जानकारी दिनुभयो । त्यस्तै साबिक जिरिखिम्ती ७ घर भई हाल अष्टेलियामा रहनुहुने सञ्चमाया लिम्बु , सन्तोषी लिम्बु , नारान थेगुवा साथै अम्फुवा निवासी प्रेम थेगुवा सहितको परिवारले २५ हजार प्रदान गर्नुभएको छ ।
 
त्यसैगरी झमक सोदेम्बा , लक्की सेर्पा , विमला थेगुवा , खड्ग कुमारी सिंजागु , जिवन चोङबाङ , सिता लिम्बु , सबिना सेनेहाङ , राजु सेनेहाङ , राजकुमार रेग्मी , राजकुमार थेगुवा , मान बहादुर थेगुवा , अनिल थेगुवा , राजेश थेगुवा , रमेश थेगुवा , विबेक थेगुवा , कुमार थेगुवा , लाकेन्द्र सिंजागु लगायतले आर्थिक सहयोग गरेका छन् । उक्त संकलित रकम टुटेपानी ललितपुर स्थित बिरामीका दाजु हरि लिम्बुको कोठा पुगी हस्तान्तरण गरिएको छ ।
 
सडकको कारण सवारीमा बिरामीलाई राख्नसक्ने अवस्था नरहेपछि श्रीमतीको उपचार गराउन ऋण गरि हेलिकप्टर नै झिकाउनु परेको बिरामीका श्रीमान गणेश लिम्बुले बताउनु भयो ।उहाका अनुसार बिरामीको लागी ३ लाख ६० हजार रुपैंया भाडा तिरेर गएको असार १२ गते श्री एयरलाईन्स्को हेलीकप्टर चार्टर गरीएको थियो । दिलुको पाठेघर च्यातिएर वढी रक्तश्राव भएको उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर रोहित कुमार झाले बताउनुभएको थियो ।
 
उनका अनुसार महिलाको पाठेघर नै काटेर फाल्नु पर्ने अवस्था आएपछि जिल्ला बाहिर रेफर गरीएको हो । रक्तश्राव नरोकिएपछि पाठेघर नै काटेर फाल्नुपर्ने जिल्ला अस्तालले सल्लाह दिएपनि काठमाडौमा भने बिना शल्यक्रिया उपचार गराईएको शिक्षण अस्पतालले जनाएको छ । ५ दिन सम्म शिक्षण अस्पतालको सैयामा राखी उपचार गराईएको दिलुको गत सनिबारनै डिस्चार्ज भएको छ । दिलुको श्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको र  शल्यक्रियाबाट जन्मीएका बच्चा पनि सकुसल रहेको उनका दाजु हरिले जानकारी दिनुभयो । यसअघि फेदाप गाउँपालिका ओयाक्जुङमा जन्म भई हाल ईजराईलमा कार्यरत देव बास्कोटाले बिरामी दिलुलाई नगद २० हजार सहयोग गर्नुभएको छ ।
 
समाचार
कोषको सहयोगमा घर घरमा धारा
कल्पना लिम्बु असार २१,तेह्रथुम(मेन्छ्यायेम) ­जिल्लाको फेदाप पाउ पालिका साबिक सम्दुमा रहेको अन्नपुर्ण सामुदायीक सस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाले स्थानीयबासी खुसी भएका छन् ।यस अघि बिहान दुई घण्टाको समय खाानेपानी जोहो गर्दै
added on 2018-07-05 18:31:21
उपचारका लागी काठमाडौं लगीएका दिलु लिम्बूलाई आर्थिक सहयोग
असार १९,तेह्रथुम/ म्याङलुङ बसन्तपुर सडक खण्ड हिलाम्मे भएर एम्बुलेन्स सञ्चालन गर्न जोखिम भएपछि हेलीकप्टर चार्टर गरी उपचारका लागी काठमाडौं लगीएका म्याङलुङ नगरपालिका–५ अम्फुवाकी
added on 2018-07-04 09:27:09
चिया कफी खेती समन्वय सम्बन्धी एकदिने गोष्टी सम्पन्न
चिया खेतीमा व्यावशायिक बनाउनका निम्ती चिया कृषकहरुलाई लालिगुराँस नगरपालिकाको सोल्मामा चिया कफी खेती समन्वय सम्बन्धी एकदिने गोष्टी सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफि
added on 2018-07-04 09:05:11