News

कोषको सहयोगमा घर घरमा धारा

कल्पना लिम्बु
असार २१,तेह्रथुम (मेन्छ्यायेम) जिल्लाको फेदाप पाउ पालिका साबिक सम्दुमा रहेको अन्नपुर्ण सामुदायीक सस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाले स्थानीयबासी खुसी भएका छन् ।यस अघि बिहान दुई घण्टाको समय खाानेपानी जोहो गर्दै बित्ने गरेको समय अहिले घरघरमा खानेपानीको ब्याबस्था भए पछि समय बचत भएको भन्दै स्थानीय खुसी भएको सस्थाका अध्यक्ष लाल बहादुर बिकले बताउनु भयो । उहाका अनुसार यस अघि खानेपानी जोह गर्नका लागि महिला दिदी बहिनीहरु बिहान सबेरै उठ्ने गरे पनि अहिले घरमै पानीको धारा हुदा बचेको समय आयआर्जनको काममा लगाउने गरेका छन् ।
 
गिरिबी निबारण कोषको सहयोगमा देउराली सोसाइटीको ब्याबस्थापनाा साबिक सम्दुका ४५ घर परिवारमा खानेपानीको धारा बनाइए पछि खानेपानीमा सबैको पहुच पुगेको स्थानीय पुरुष उतम तिम्सीनाले बताउनु भयो । उहाका अनुसार समुहको पहलमा खानेपानी धाराकको ब्याबस्था गरिए पछि महिला र पुरुष बिचको काय बिभाजनमा समेत सहजता भएको छ ।
 
जिल्लामा बिभिन्न वडाहरुमा यस अघि सञ्चालन भएको गरिबी निबारण कार्यकम मार्फत सम्दु गाबिसमा मात्र १५ लाख लगानीमा खानेपानी आयोजना सञ्चालन गरिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि स्थानीयको ३ लाख र फेदाप गाउ पालिकाको १ लाख ५० हजार रुपैया सहयोग गरेको सस्थाका अध्यक्ष बिकले बताउनु भयो । जिल्लाका ४ वटा सस्थाहरुद्धारा बिभिन्न शिर्षकमा करिब पौने २ करोड लगानीमा गरिब परिवारहरुको आयआर्जन बृद्धिका लागि सहयोग गरेको सम्बन्धीत सस्थाहरुले बताएका छन् ।
 
गरिबी निबारण कोष मार्फत जिल्लाका साबिकका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, जलजले, सिम्ले, ईसिबु, र सम्दु गाबिसहरुमा खानेपानी ,सिचाई, सडक र माईक्रो हाईड्रो समेत सञ्चालन गरिएको छ । जिल्लामा कोष मार्फत ४१ वटा योजनाहरु सञ्चालन भएको साझेदारी सस्था देउराली सोसाईटीका कार्यक्रम निर्देशक कपिलदेब सिंगकले जानकारी दिनु भयो । उहाका अनुसार कोषको सहयोगमा स्थानीय नागरिकहरुको आयआर्जनमा बृद्धी हुनका साथै  क्षमता समेत बृद्धि भएको छ ।
 
समाचार
बर्षातको पानी जोहो
असोज ९, तेह्रथुम / जिल्लाको सुख्खाग्रस्त क्षेत्रका किसानहरु सिँचाईका लागी पानीको जोहो गर्न थालेका छन् । पानी अभाबका कारण प्रत्येक बर्ष सिँचाईमा समस्या हुदै आएको सुख्खाग्रस्त क्षेत्रका कृषकहरुले बर्षातको पानी जोहो
added on 2018-09-25 09:01:13
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
असोज ९, तेह्रथुम /मानब अधिकार बिरोधी हिंसाका घटना रोक्न कानुनमा प्रयाप्त व्यावस्था गरी अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिन माग गर्दै अन्तरपार्टी महिला संन्जालले जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
added on 2018-09-25 08:43:51
तेह्रथुम जिल्लाको विद्युत क्षेत्रको विकास
तेह्रथुम / जिल्लाको विद्युत क्षेत्रको विकासका लागि हालसम्मकै उच्च बजेट विनियोजन भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा विद्युतीकरण
added on 2018-09-24 10:06:01