बर्षाका कारण मेन्छयायेम श्रीजुङको खेलमैदानको वाल भत्कीन्दा लाखौँ क्षती ।

तेह्रथुम

मनोज लिम्बु 

 

लगातारको बर्षाले कारण मेन्छ्यायेम गाउँपालीका वडा नं ४ श्रीजुङमा निर्माण गरिएको खेलमैदानको वाल भत्कीएर क्षति पुगेको छ । 
श्रीजुङ बिकास समाज र मेन्छ्यायेम गाउपालिकाको साझेदारीमा बनेको उक्त खेल मैदानको ग्याभिङ सहितको वाल भत्कीदा खेल मैदानमा क्षति पुगेको हो ।

खेल मैदानमा लगाईएको ग्याभिङ तार सहितको वाल भत्कीदा करिब ९० लाख बढीको  क्षति भएको मेन्छ्यायेम गाँउ पालिकाका सुचना प्रविधि अधिकृत  ईश्वर भट्टराईले जानकारी दिनु भयो । 

विभिन्न दाताहरुको सहयोग र मेन्छ्यायेम गाँउ पालिकाको साझेदारीमा निर्माण गरिएको उक्त खेल मैदान श्रीजुङको मात्र नभएर मेन्छ्यायेम गाँउपालिकाको सबै भन्दा ठुलो खेल मैदान रहेको छ । 
बर्षाको कारण खेल मैदानको छेउतिर लगाईएको ग्याभिङ तार सहितको वाल भत्कीएकाले अब पुन निर्माण गर्न पुरानै संरचनामा जानु पर्ने भएको छ ।

बर्षाका कारण खेलमैदानको वाल भत्कीन्दा लाखौ क्षति भएको मेन्छ्यायेम गाँउ पालिका अध्यक्ष यादब बहादुर खापुङले जानकारी दिनुभयो । अध्यक्ष खापुङले भन्नुभयो धेरै खर्च गरेर बनाईएको संरचना बर्षाले भत्कायो प्राबिधिकलाई स्टमेट निकाल्न निर्देशन दिईसकेको  छु । 

तत्कालिन श्रीजुङ गाबिसमा फुडबल खेलका लागि खेलाडीहरु उत्पादन गर्ने उदेश्यले देश बिदेशमा रहेका मेन्छ्यायेम बासीहरुले आर्थिक रकम संकलन गरेर  निर्माण गरिएको उक्त खेलमैदानान बर्षाको कारण क्षति पुगेको हो । 

प्रतिकृया दिनुहोस