सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु 

परासी — पश्चिम नवलपरासीमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ  । प्रतापपुर गाउँपालिका(५, बसहियामा राम प्याकुरेलको ६ वर्षको छोरा राज प्याकुरेलको मृत्यु भएको हो ।

 

मामा घरमा आएको समयमा खेल्नेक्रममा सेफ्टी ट्यांकीमा डुब्दा घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते प्याकुरेललाई उपचारको लागि भारत महाराजगञ्ज निचलौल सामुदायिक अस्पताल लगेकोमा चिकित्सकले डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराले बताए ।
 

 

प्रतिकृया दिनुहोस